काठमाडौं १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।
आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको बताइएको हो ।
नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको हो ।