उपप्रधानमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश गर्न रोक — OSNepal

उपप्रधानमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश गर्न रोक

LC (KTM) June 21, 2021 0

काठमाडौं, ७ असार । भर्खरै सरकारमा सहभागी भएका उपप्रधानमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश गर्न रोक लगाइएको छ । आज नयाँ पार्टी नेपालले सिंहदरबारको मुल गेटमै महतोलाई प्रवशे गर्न रोक लगाएका सुचना टाँसेको छ ।

सरकारमा सहभागी भएलगत्तै विवादमा तानिएका महतोलाई यति बेला आफु नेपाली नागरिक हो भन्ने प्रमाण दिन नेपाल पार्टी नेपाल समय तोकिदिएको छ ।

उक्त सुचनामा भनिएको छ , “नयाँ पार्टी नेपालले दिएको समयसिमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमश, देशभरि नै प्रवेश निषेध गरिनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर