अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा तानियो, अर्थसचिवको राजस्व सचिव पुष्करलाई — OSNepal

अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा तानियो, अर्थसचिवको राजस्व सचिव पुष्करलाई

LC (KTM) August 04, 2022 0

काठमाडौं १९ साउन । अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो ।

उनको स्थानमा राजस्व सचिव समेत रहेका कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ । पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

अर्थमन्त्रीमा विवादमा तानिएका जर्नादन शर्मा फेरि नियुक्त भएपछि मरासीनी बिदामा बसेका थिए ।

अर्थसचिवले मरासीनी आफैंले शर्मासँग काम गर्न नसक्ने भन्दै अन्तै सरुवा गरिदिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर