काठमाडौं १९ साउन । सरकाले निर्वाचनको मिति घोषणा गरेसँगै भोली शुक्रबारबाट मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।
सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निणर्य गरेको छ ।
निर्वाचनको मिति सार्वजनिक भएसँगै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने जानकारी दिएका हुन् ।
निर्वाचनको लागि हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ ।
नियम अनुसार निर्वाचनको मिति सार्वजनिक भएपछि मतदाता नामावदी संकलन स्थगित गर्ने प्रचलन छ रहँदै आएको छ ।