काठमाडौं १९ साउन । सरकारको एकै चरणमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने निणर्यलाई निर्वाचन आयोगले स्वागत गरेको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले तोकेको समयमा स्वच्छ,निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार भएको बताए ।
थपलियाले अब शुक्रबारबाट नै मतदाता नामावली संकलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने भन्दै दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरुमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया गरिने बताए ।
स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरीलाई सच्याएर स्वच्छ,निष्पक्ष गर्ने बताए ।