बाँस्कोटाले नेपाललाई संकेत गर्दै भने- एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? — OSNepal

बाँस्कोटाले नेपाललाई संकेत गर्दै भने- एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ?

LC (KTM) June 21, 2021 0

काठमाडौँ ७ असार । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले पार्टी एकताको विषयलाई लिएर प्रश्न गरेका छन् । बाँस्कोटाले एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के होरु भन्दै माधव नेपाल समुहलाई संकेत गर्दै प्रश्न गरेका हुन् ।

आज ट्वीटर मार्फत नेपाल समुहलाई अदालतमा बुझाएको सही फिर्ता लिने समेत आग्रह गरेका छन् । साथै जेठ ३ को अवस्थामा फर्कने नभए झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम छोडिन भनेका छन् ।

अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ३अघिको बैठक बस्ने।त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम। उनले भनेका छन् ,

नेपालको पार्टी एकताको विषयलाई लिएर संका गरेका बाँस्कोटाले भनेका छन् , एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के होरु खिचडी पाक्ने त हो(होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन।

बाँस्कोटाले लेखेका छन्, “एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो? खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन।अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ३अघिको बैठक बस्ने।त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम”।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर