काठमाडौं १९ साउन । आगामी हुने प्रतिनिधि सभा र प्रदेश सभाको बैठक मंसिर ४ गते एकै चरणमा हुने भएको छ ।
आज बिहिबार सबेको मन्त्रिपरिषद्को बैठकले आगामी निर्वाचनमा एकै चरणमा मंसिर ४ गते हुने निणर्य गरेको हो ।
निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेपछि सरकारले मंसिर ४ गते निर्वाचन गर्ने निणर्य गरेको हो । मन्त्रिपरिषद् बैठक अहिले पनि जारी रहेको छ ।
निकट स्रोतले दिएको जानकारी अनुसार बैठकमा अन्य विषयमा समेत छलफल भइरहेको जानकारी दिए ।
यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा भएको थियो ।