सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामात्रै प्रयोग गर्न नेपाल बार सरकारसँग माग — OSNepal

सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामात्रै प्रयोग गर्न नेपाल बार सरकारसँग माग

LC (KTM) August 04, 2022 0

काठमाडौं १९ साउन । सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामात्रै प्रयोग गर्नुपर्छ भन्दै नेपाल बार एशोसिएसनले सरकारसँग माग गरेको छ ।

इम्बोस्ड नम्बर प्लेटमा रोमन ९अंग्रेजी० लिपि प्रयोग भएकोमा आपत्ति जनाउँदै बारले सरकारसँग सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा नै प्रयोग गर्न माग गरेको हो ।

बारले संविधानमा रहेका व्यवस्था अनुसार अंग्रजी भाषाको साटो नेपाली भाषा प्रयोग गर्न माग गरेको हो ।

नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृ भाषाहरू राष्ट्र भाषा हुन्’ भन्ने उल्लेख गरिएको छ । भने धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनेर स्पष्ट लेखिएको छ ।

त्यसैगरी, संविधानमा प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।

बारले भनेको छ, ‘उपरोक्त संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी अन्य भाषा नेपालको सरकारी कामकाजको भाषाको रुपमा सरकारी कार्यालयरनिकायले प्रयोग गर्न सक्ने देखिन्न’ तसर्थ सवारी तथा यातायात व्यवस्था विभागबाट सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ ।’

संविधानले आत्मसाथ गरेको भाषालाई प्रतिस्थापन गर्न नमिल्ने भन्दै बारले नेपाली नागरिकले सदियौंदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु नागरिकको हकको हनन् समेत भएको निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर