काठमाडौं १९ साउन । नेकपा माओवादी केन्द्रीय सदस्य रन्जित तामाङले आगामी निर्वाचनमा झापाबाट चुनाव लड्ने भएका छन् । बुधबार एक कार्यक्रम मार्फत नेता तामाङले यस्तो घोषणा गरेका हुन् ।
उनले उक्त कार्यक्रममा भने , ‘गठबन्धनलाई टिकट दिन अनुरोध गरेको गरेको छु, हामी विधि र पद्धतिमा छौँ । कुनै स्वतन्त्र उम्मेदवारले घोषणा गरे जस्तो गरेर हिँड्न मिल्दैन ।’
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्माको निर्वाचन क्षेत्रबाट चुनावमा उठ्ने तामाङले घोषणा गरेका हुन् ।
प्रतिगमनको सामना गर्नुपर्ने ठाउँबाट चुनावमा उठ्न खोजेको बताएका उनले भने , ‘जसबाट हामीले देशको विकास र समृद्धिको अपेक्षा गर्यौं उसैले विकास र समृद्धिकोविरुद्ध धावा बोल्यो त्यहीँबाट म चुनाव लड्न चाहन्छु,’ ।
यदि जनताले अनुमोदन नगरे यस विषयमा कुने टिका टिप्पणी समेत नगर्ने उनले बताए । वृद्ध भत्ता खाने उमेरमा सत्ता खोज्नेविरुद्ध युवा उठ्नुपर्ने भन्दै आफुले उम्मेदवारी दिने घोषणा गरेको बताए ।