जनकपुरधाम १९ साउन । बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेष प्रदशेका मुख्यमन्त्री लालबाबु राउतलाई मुद्धा दायर गरेपछि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राजीनामा मागेको छ ।
अख्तियारले मुख्यमन्त्री राउतमाथि भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीका नेता बीपी साहले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।
साइकल खरिदमा १० करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तत्कालिन प्रदेश सचिव यामप्रसाद भुसालसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
यामप्रसाद भुसालले भने ,‘हाम्रो पार्टीको दबाबले छानबिन प्रक्रिया सुरु पनि भयो । छानबिन सुरू हुनासाथ मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने थियो । त्यतीबेला दिएनन् । तर, अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’
उनले कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप समेत लगाएका छन् ।