काठमाडौं :
इन्जिनमा समस्या देखिएपछि नेपालगन्जबाट काठमाडौंका लागि उडेको केहीबेरमै श्री एयरलाइन्सको जहाज फेरि नेपालगन्ज फर्किएको छ।
बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो। विमानमा ७९ यात्रु र ४ जना चालक दलका सदस्य रहेको श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयले जनाएको छ ।
अहिले प्राविधिकहरूले जहाजमा के भएको भनेर अध्ययन गरिरहेका छन्। जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ भने अहिले जहाज पार्किङमा राखिएको छ।