काठमाडौं १९ साउन । आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
आगामी हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति निर्धारण गर्नको लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।
बुधबार बसेको सत्ता गठवन्धनको शिर्ष नेताहरुको बैठकले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्न सहमत भएपछि आज त्यसै सहमतिको आधारमा निर्वाचनको मिति घोषणा गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।