आफैले बोकेको राइफल पड्किदा नेपाली सेनाका एक जवान घाइते — OSNepal

आफैले बोकेको राइफल पड्किदा नेपाली सेनाका एक जवान घाइते

LC (KTM) June 21, 2021 0

काठमाडौँ ७ असार । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही आफैले बोकेको राइफल पड्किदा गम्भिर घाइते भएका छन् । घाइते हुनेमा पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान रहेको सेनाले बताएको छ ।

गणको कार्यालय भवनको पछिल्लो पोष्टमा ड्युटीमा रहेका चौहानलाई हिजो आइतबार राति आफैले बोकेको एन–१६ राइफलको गोली लागेको हो । उनी सँगै ड्युटीमा रहेका नरेश गुरुङ भने ट्वाइलेट गएका थिए । गोलीका आवाज सुनेर ब्यारेकभित्र रहेका अरु सैनिक गएर हेर्दा चौहान घाइते भएको अवस्थामा फेला गरेका हुन् ।

उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो । तत्पश्चात उनको थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको थियो । अहिले उनलाई काठमाडौँ स्थित आर्मी अस्पताल ल्याउने तयारी भइरहेको सेनाले बताएको छ ।

घटना कसरी भयो भन्ने जानकारी नभएको र अहिले चौहानको उपचार जारी रहेकाले उनको स्थिति राम्रो भएपछि पछि मात्र घटनाको विषयमा उनीसँग सोधबुँझ गर्ने सेनाले जनाएको छ । उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा गोली लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर