नेपाल विद्युत् प्राधिकरणले कर्मचारीहरुलाई एक महिनाको तलव बराबर ‘वार्षिक उत्सव भत्ता दिँदै — OSNepal

नेपाल विद्युत् प्राधिकरणले कर्मचारीहरुलाई एक महिनाको तलव बराबर ‘वार्षिक उत्सव भत्ता दिँदै

LC (KTM) August 03, 2022 0

काठमाडौं १८ साउन । नेपाल विद्युत् प्राधिकरणले कर्मचारीहरुलाई एक महिनाको तलव बराबर ‘वार्षिक उत्सव भत्ता’ दिने तयारी सुरु गरेको छ ।

गत आर्थिक वर्षमा १८ अर्बभन्दा बढी नाफा कमाउने हिसाव निकालेपछि प्राधिकरणले ‘वार्षिक उत्सव भत्ता’का नामका कर्मचारीलाई एक महिनाको तलव बराबर ‘वार्षिक उत्सव भत्ता दिने तयारी थालेको हो ।

यस विषयमा प्राधिकरणको बोर्ड प्रस्ताव पेश गर्ने तयारी भएको छ ।

नेपाल विद्युत् प्राधिकरण,आधिकारिक ट्रेड युनियनका निर्वतमान अध्यक्ष तथा प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वर पौडेलले दिएको जानकारी अनुसार कर्मचारीले कम्मर कसेर संस्थालाई वर्षमा २० अर्ब नाफा कमाउन सक्ने बनाएको आधारमा पनि यस संस्थाले कर्मचारीलाई पनि सेवा सुविधा दिनुपर्ने भन्दै बोनस बाँड्ने तायरी थालेको हो ।

मुलुकमा आर्थिक समस्या देखिएको वर्तमान समयमा प्राधिकरणले आफ्ना कर्मचरीलाई भत्ताका रुपमा बोनस बाँड्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर