केपीले चाहे एकै दिनमा सहमति हुन्छ, तर किन मान्दैनन् ? — OSNepal

केपीले चाहे एकै दिनमा सहमति हुन्छ, तर किन मान्दैनन् ?

LC (KTM) June 21, 2021 0

सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू यु’द्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको छैन ।

सर्वोच्च अदालतले अध्यक्ष ओलीले विस्तार गरेको १०औं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेपछि संस्थापन पक्षदबाबमा परेको छ । तर, अध्यक्ष ओली भने जेठ दुईमा फर्कनु भन्दा पार्टीभित्रका नेताहरूलाई उचित जिम्मेवारी दिने गरी जेठ तीनअघिको अवस्थामा फर्कने अडानमा छन् ।

नेकपा एमालेका नेता ठाकुर गैरेले पार्टी अध्यक्षओलीले चाहे जारी विवादको समाधान एक दिन एउटै बुँदामा समाधान हुने बताए । उनले नेपाल समाचारपत्रसँग भने–‘अहिलेको विवाद अध्यक्षबाट सृजना भएको हो । तलकहीँ कतै समस्या छैन । अध्यक्ष जिम्मेवार बने एकै दिनमा सहमति हुन्छ ।’यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

सर्वोच्च अदालतको फैसाला अनुसार २०७५ जेठ दुई अघिकै कमिटी ब्युँताउने निर्णय गरेको अवस्थामा स्वःस्फूर्त रूपमातीकमिटीले काम शुरू गर्ने बताउँदै पार्टीभित्र कुनै पनिविवाद नरहने गैरेको तर्क थियो । उनले भने–‘अहिले पार्टीका दोस्रा तहका नेताहरूबीच पार्टीभित्र देखिएको विवाद मिलाउन पहल गर्नु राम्रो भएपनिशीर्ष तहमा संवादनभई अहिलेको समस्या समाधान हुँदैन ।’ उनले पार्टीलाई विधि र पद्दति अनुसार चलाउनुपर्ने मात्र आफूहरूको माग रहेको जिकिर गर्दै पार्टी एकता अध्यक्षकै हातमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर