काठमाडौँ ७ असार । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई अन्तर्राष्ट्रिय योग दिवसको शुभकमना दिएका छन् । नेता भट्टराईले आज ट्वीटर मार्फत अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन) को उपलक्ष्यमा सबैमा «हार्दिक शुभकामना दिएका हुन् ।
साथै आफुले योगा गरेको फोटो समेत पोष्ट गर्दै नेता भट्टराईले योग दिवसको शुभकामना दिँदै नियमित योगरप्राणायम अभ्यास गरी सर्वांगीण रूपले स्वस्थ रहौं भनेका छन् ।
भट्टराईले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन) को उपलक्ष्यमा सबैमा «हार्दिक शुभकामना१ नियमित योगरप्राणायम अभ्यास गरौंस सर्वांगीण रूपले स्वस्थ रहौं१ ) पेटको अपरेसनका कारण केही समय नियमित अभ्यास गर्न सकिएको छैनसत्यसैले पुरानो फोटो पोस्टियो है) !