काठमाडौँ ७ असार । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो भन्दै चिन्ता व्यक्त गरेका छन् । नेता भट्टराईले ट्वटिर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री केपी ओली सरकारलाई मुहानकोे संज्ञा दिई मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन भन्दै भट्टराईले स्वच्छ छवि मानिएका’ अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका हुन् । अध्यक्ष ठाकुरले पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा आफ्नो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध भएको नेता भट्टराईले बताएका छन् ।
उनले लेखेका छन्, “स्वच्छ छविका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली स्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरोसमेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु ।”
उनले लेखेका छन्, ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो१ मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु !NOT IN MY NAME!