काठमाडौं १७ साउन . नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको विवेक र नैतिक धराधलमा हमला गरेको बताएका छन् ।
मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रम सहभागी भएका उनले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको भन्दै हुन् ।
ओलीले भने,नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला’।
अर्थमन्त्री शर्मा हुँदा ‘गोरु पनि लजाएको’ भन्दै उनले गठबन्धनसँग अर्थमन्त्री बनाउने अर्को मान्छे नभएको भन्दै आलोचना गरे ।
‘यति निर्लज्ज तरिका हुन्छ ? फेरि उही मान्छे, यो गठबन्धनसँग अर्को मान्छे नै रहनेछ, कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले, हामीसँग बहुमत छ, उनले अघि भने , ‘लाजशरम किन मान्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ हो’ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी गराएको आरोप लागेपछि शर्माले गत असार २२ गते राजीनामा दिएका थिए । तर शर्मामाथि छानविन गर्न बनेको छानविन समितिले शर्मालाई आरोपित पुष्टि गर्न प्रमाण नपुगेको भन्दै प्रतिवेदन सभामुखलाई बुझाएपछि शर्मा पुन अर्थमन्त्रीमा दोहोरिएका हुन् ।