भारतले गण्डक बाँधका सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा — OSNepal

भारतले गण्डक बाँधका सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा

LC (KTM) August 02, 2022 0

बुटवल १७ साउन । भारतले गण्डक बाँधको सबै ढोका खोलिदिएको छ । गण्डकको सबै बाँध खोलिँदिदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् ।

नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलिदिएको हो ।

बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको हुँदा दुई दिनको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका खोलिदिएको हो । जसको असर नेपालका वस्ती परेको छ ।

साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने गण्डक बाँधको क्षमता भएपनि पुरानो संरचना जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय जनाएको छ ।
पानीको सतह ३ लाख ६७ हजार क्‍युसेक पुगेपछि खतरा मानिन्छ तर अहिले २ लाख ९७ हजार प्रतिसेकेण्डको बेगले पानी बगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर