कांग्रेसले विगतदेखि नै देशभक्तको हत्या गर्ने काम गर्दै थियो र अहिले पनि गर्न सक्छ :अध्यक्ष ओली — OSNepal

कांग्रेसले विगतदेखि नै देशभक्तको हत्या गर्ने काम गर्दै थियो र अहिले पनि गर्न सक्छ :अध्यक्ष ओली

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको मति कहिल्यै नसप्रिएको बताएका छन् ।

मंगलबार तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीलेकांग्रेसले विगतदेखि नै देशभक्त नागरिकमाथि दमन गर्दै आएको भन्दै मति नसप्रिएको बताएका हुन् ।

‘नेपाली कांग्रेसले विगतदेखि नै यस्ता देशभक्तको हत्या गर्ने काम गर्दै आएको थियो । अहिले पनि गर्न सक्छ ।’ पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने।

आज पनि एउटा देशभक्त शान्तिपूर्ण ढंगले जनतालाई गोलबद्ध गरेर जनताको हितमा काम गर्ने देशभक्तको हुन सक्ने आशंका व्यक्त गरेका उनले कांग्रेसको मति त्यस बेलादेखि अहिलेसम्म परिवर्तन नभएको भन्दै कांग्रेसले आफ्नो मति परिवर्तन नगरेको टिप्पणी गरेका हुन् ।

‘विदेशी सेनालाई लिएर दमन गर्ने, गिरफ्तार गर्ने मान्छे कुटपिट गर्ने काम नेपाली कांग्रेस हो’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर