जो मान्छे पद भए मात्र आउँछु भन्छ त्यस्तालाई पार्टी र मेरो जीवन रहेसम्म पार्टीमा प्रवेश गराउँदिन : रवि लामिछाने — OSNepal

जो मान्छे पद भए मात्र आउँछु भन्छ त्यस्तालाई पार्टी र मेरो जीवन रहेसम्म पार्टीमा प्रवेश गराउँदिन : रवि लामिछाने

LC (KTM) August 02, 2022 0

सुर्खेत १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा प्रवेश नदिने स्पष्ट पारेका छन् ।

जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म र आफ्नो जीवन रहेसम्म त्यस्तालाई पार्टीमा आउन नदिने अध्यक्ष लामिछानेले बताएका हुन् ।

मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको बताए ।

‘जसले ती पार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ’ अध्यक्ष लामिछानेले भने ।

पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने भन्दै सबैलाई जानकारी गराउँदै कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने बताए ।

‘यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ?’ उनले अघि भने ।

जनताले हाल्ने मतले नै जनताको भाग्य बदल्ने भन्दै उनले अर्को कुनै उपाय नभएको पनि स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर