हाम्रो देशमा विदेशीसँग थर्कमान भई, डरमानी, संविधान मिची, मनपरी गर्नेछु भन्ने चरित्र देखिन थाल्यो : भीम रावल — OSNepal

हाम्रो देशमा विदेशीसँग थर्कमान भई, डरमानी, संविधान मिची, मनपरी गर्नेछु भन्ने चरित्र देखिन थाल्यो : भीम रावल

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । नेकपा एमालेका सांसद डा भीम रावलले गठबन्धनका नाममा देशलाई निर्दलीय अभ्यास तिर धकेलिरहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शपथ सम्बन्धी विधेयक’माथि छलफलमा सहभागी हुँदै सांसद रावलले यस्तो बताएका हुन् ।

आफ्नो जिम्मेवारी ग्रहण गर्दा कसैको डर धम्की नमानी ,देश र जनताको लागि काम गर्ने र इमान्दारिकता साथ काम भनि लेखिएको भएपनि यसो नभएको उनले बताए ।

यसको साट्टो हाम्रो देशमा विदेशीसँग थर्कमान भई, डरमानी, संविधान मिची, उलङ्घन गरी मनपरी गर्नेछु भन्ने चरित्र देखिन थालेको बताए । उनले भने, ‘उदाहरणका लागि निर्वाचनमा तालमेल गर्ने कुरा गरिएको छ ।’

संविधानको धारा २६९ मा समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुने व्यवस्था रहेको बताएका रावलले भने , ‘त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान छ । तर यही कुरा उलङ्घन गरेर गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर