माओवादी केन्द्रको आजको केन्द्रीय समिति बैठकमा पार्टी छाडेकालाई कारवाही गरी पदमुक्त गराउने — OSNepal

माओवादी केन्द्रको आजको केन्द्रीय समिति बैठकमा पार्टी छाडेकालाई कारवाही गरी पदमुक्त गराउने

LC (KTM) June 21, 2021 0

काठमाडौँ ७ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज भर्चुअल माध्यमबाट बस्ने भएको छ । अहिले बिहान नौ बजे बस्ने भनिएको बैठकमा पार्टी छाडेका जनप्रतिनिधिहरुलाई कारवाहीको प्रक्रियाको विषयमा छलफल हुने भएको छ ।

खास गरी रौतहट जिल्लाबाट निर्वाचित जनप्रतिनिधीहरु प्रभु शाहहरुसँगै एमालेतिर लागेपछि उनीहरुलाई कारवाही गरी पदमुक्त गराउने आजको बैठकले निणर्य गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर