विप्लव समूहसँग सरकारले तीन बुँदे सहमति गरेको अवस्थामा कार्यान्वयनको सट्टा उल्टै पक्राउ पुर्जी जारीगर्नु आपत्तीजनक : माओवादी — OSNepal

विप्लव समूहसँग सरकारले तीन बुँदे सहमति गरेको अवस्थामा कार्यान्वयनको सट्टा उल्टै पक्राउ पुर्जी जारीगर्नु आपत्तीजनक : माओवादी

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई गरिएको पक्राउ पुर्जी जारी प्रति आपत्ती जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद मोदीले सरकारसँगको सहमतिका आधारमा जेलमा रहेका सो समूहका नेता कार्यकर्तालाई रिहा गर्नुको साटो उल्टै पक्राउ पुर्जी गरिएको भन्दै आपत्ती जनाएका हुन् ।

‘नेकपा विप्लव समूहसँग सरकारले तीन बुँदे सहमति गरेको छ। त्यसको कार्यान्वयनको सट्टा अहिले पनि धरपडक, वारेन्ट जारी हुन त यो अदालतको कुरा हो। तर सरकारसँग वार्ता गरिसकेपछि सरकारले पहलकदमी लिनुपर्छ। जेलमा रहेका बन्दी रिहाइ गरिनुपर्छ,’ उनले भने।

संविधान जारी गर्नुअघि भएको थारु आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेका र मुद्दा लगाइएकाहरूबारे पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको बताएका उनले भने , ‘कयौं मान्छेलाई झुठो मुद्दा लगाइएको छ।’

राज्यको पुनसंरचना गर्दा पहिचानसहितको संघीयताको लागि आन्दोलन गर्दा थारूहरू जेल जीवन बिताइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर