सधैंभरि कांग्रेससँग मिलेर गठवन्धन गर्ने हो कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक रहँदैन : बामदेव गौतम — OSNepal

सधैंभरि कांग्रेससँग मिलेर गठवन्धन गर्ने हो कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक रहँदैन : बामदेव गौतम

LC (KTM) August 02, 2022 0

संयोजक वामदेव गौतमले संघ र प्रदेशको आगामी निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी ९=(नेकपा) ब्युँतिने संयोजक वामदेव गौतमले संघ र प्रदेशको आगामी निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँतिने दावी गरेका छन् ।

भैरहवामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संयोजक गौतमले वाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता भइरहेको बताए ।

यता एमालेसँग भने तत्काल एकता भइहाल्ने स्थिति नरहेको बताएका गौतमले भने,‘नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी निर्वाचन अघि नै एकता गराउने हाम्रो उद्देश्य हो, अन्यथा एउटै पार्टीमा बस्न नसके कार्यगत एकता गर्ने गरी पनि हामी लागेका छौं, ‘त्यसो भएन भने पनि एकता राष्ट्रिय अभियान, एकीकृत समाजवादी र माओवादीसम्म सहकार्य गर्दै नेपाली कांग्रेस सहितको गठबन्धनमा सहभागी हुन सकिन्छ।’

तथापी , सधैंभरि कांग्रेससँग मिलेर गठवन्धन गर्ने हो कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने तर्क राखेका उनले नेकपा पार्टीलाई पुनर्स्थापना गर्ने गरी आफूले निरन्तर अभियान सुरू बताए ।

‘यदि कम्युनिष्ट पार्टी एकीकृत हुन सकेनन् भने एकता राष्ट्रिय अभियान पार्टीकै रूपमा स्वतन्त्र ढंगले अघि बढ्छ।’गौतमले भने, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर