मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्छ , यस्ता छन् अन्य फाइदाहरु — OSNepal

मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्छ , यस्ता छन् अन्य फाइदाहरु

LC (KTM) August 02, 2022 0

काठमाडौँ- मेवा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । मेवा गाउँघरमा समेत सहजै फलाउन सकिने सस्तो फल पनि हो । प्राय गर्मि बढे लगत्तै हरेक मानिसहरले मेवा खाने गर्दछन । गर्मी मौसममा स्वस्थ्य रहन खानपानमा विशेष ध्यान दिनु आवश्यक छ ।

जाडो मौसममा भन्दा गर्मी याममा फलफूलको सेवन गर्नु लाभदायी मानिन्छ । फलफुल धेरै थरीका हुन्छन् । गर्मीको सिजनमा पाइने फलफूलमध्ये मेवा पनि एक हो । मेवा अधिंकाशं मानिसहरुलाई मन पर्नै फलफुल मध्य एक हो ।

मेवा खानुका पनि धेरै किसिमका फाइदाहरु रहेका छन् । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । मेवा सही मात्रामा खाने गरेमा यसले मानिस शरीरको रोगविषहरुबाट छुटकारा दिन्छ । मेवा नियमित मिलाएर सेवन गर्नाले क्यान्सर हुनबाट समेत बच्न सकिन्छ । मेवा जन्डिस भएका बिरामीका लागि फाइदाजनक छ । यसको सेवन गर्दा कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ । मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ ।

साथै यसले रगतलाई सफा पनि बनाउँछ ।यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर