काठमाडौं १७ साउन । नेकपा एमालेका सांसद भीम रावलले नेपालीले सहजै नागरिकता पाउनु पर्छ तर विदेशीको लागि नागरिकता खुकुलो बनाउने विषय राष्ट्रिय हितका लागि नभएको बताएका छन् ।
नेता रावलले जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्वलाई समाप्त गर्ने खेल राजनीति अस्थीर र सरकार कमजोर भएको बेला खेल्ने गरिएको देखिएको भन्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन् , ‘नेपालीले सहजै नागरिकता पाउनु पर्छ तर विदेशीको लागि नागरिकता खुकुलो बनाउनु राष्ट्रिय हितमा छैन ।’
जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्वलाई समाप्त गर्ने खेल राजनीति अस्थीर र सरकार कमजोर भएको बेला खेल्ने गरिएको देखिन्छ । नेपालीले सहजै नागरिकता पाउनु पर्छ तर विदेशीको लागि नागरिकता खुकुलो बनाउनु राष्ट्रिय हितमा छैन ।