‘नेपाली भाषा त बिर्सनु हुन्‍न’ बोलको गीतमा देशप्रेम — OSNepal

‘नेपाली भाषा त बिर्सनु हुन्‍न’ बोलको गीतमा देशप्रेम

LC (KTM) August 01, 2022 0

काठमाडौँ, १६ साउन

‘नेपाली भाषा त बिर्सनु हुन्न’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिक्किमका पूर्व मुख्यमन्त्री डा पावन चाम्लिङको उपस्थितिमा भिडियो रिलिज गरिएको हो ।

अमेरिकाको ओहायो राज्यको एक्रोन सिटीमा नेपाली बालबालिका र नेपाली समुदायको बीच परिचित हिमालय म्युजिक एकेडेमीको प्रस्तुतीमा तयार भएको गीतले नेपालबाट जो कोही नेपाली टाढा टाढा जति टाढा गए पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नहुने सन्देश सार्वजनिक गीतले दिएको छ ।

बाल गायक अमिर गजमेरको स्वर रहेको गीतमा अमिरलाई रिया थुम्बापो, कृसोन घतानी, प्रिस्किला शंकरले स्वरमा साथ दिएका छन् । आइतराज थुम्बापोको शब्द सृजना तथा संगीत रहेको गीतमा किशोर थापाको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ भने पुष्प गजमेरको संगीत संयोजन छ । रमेश दियालीको डेब्यू निर्देशन रहेको भिडियोको छायांकन सुरेन्द्रमान सिंहले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर