फेसबुकमा यस्तो स्टाटस, लेख्दै माग्नेले भने अन्जानमै हामीबाट भएको त्रुटिप्रति क्षमाप्राथी छौँ, यस्तो गल्ति दोहोरिदैँन — OSNepal

फेसबुकमा यस्तो स्टाटस, लेख्दै माग्नेले भने अन्जानमै हामीबाट भएको त्रुटिप्रति क्षमाप्राथी छौँ, यस्तो गल्ति दोहोरिदैँन

LC (KTM) August 01, 2022 0

काठमाडौं, १६ साउन:

हाँस्य टेलिभिजन कार्यक्रम कमेडी हबमा शिवलाई मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन्। आइतबार साँझ सार्वजनिक १०औं भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएपछि उनले सोमबार माफी मागेका हुन् ।

क्लिपमा शिवको चरित्रलाई उच्छृंखल देखाइएको भक्तजनको आरोप थियो । चौतर्फी विरोध र आलोचना भएपछि सामाजिक सञ्जाल र युट्युबबाट समेत क्लिप हटाइएको छ।

माग्ने बुढाले माफी माग्दै फेसबुकमा लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्शबमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।ु​

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर