काठमाडौं १६ साउन । अर्थसचिव मधुकुमार मरासिनीले मन्त्रीहरुसँग काम गर्न नसक्ने भन्दै सरकारलाई सरुवा गरिदिन आग्रह गरेका छन् ।
पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले काठमाडौं फर्कने
तयारी भएको जानकारी दिँदै गर्दा शर्मा पुन अर्थमन्त्रीमा दोहोरिएको जानकारी थाहा पाएपछि उतै बसेका हुन् ।
बजेट निमार्णका क्रममा अनाधिकृत व्यक्ति सहभागी गराएको आरोपमा छानबिन गर्न गठित समितिले आरोप पुष्टि हुने आधार नभेटिएको प्रतिवेदन बुझाएपछि शर्मा पुन मन्त्री भएका हुन् ।
शर्माले राजीनामा दिनु अगावै मुख्यसचिव शंकरदास बरागीबाट बिदा स्वीकृत गराएर अनिश्चितकालीन बिदामा बसेका मरासीनीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डसँग यस अघि नै भेट गरी आफु शर्मासँग काम गर्न नसक्ने भन्दै सरुवा गरिदिन आग्रह गरेका थिए ।
शर्मा पुन नियुक्त भएपछि सोही जानकारी गराएर मरासिनी पोखरा हिंडेका हुन् ।