आम सर्वसाधरणलाई खोप उपलब्ध गराउन मुख्यमन्त्री नेपालीलाई १३ बुँदे ज्ञापनपत्र — OSNepal

आम सर्वसाधरणलाई खोप उपलब्ध गराउन मुख्यमन्त्री नेपालीलाई १३ बुँदे ज्ञापनपत्र

LC (KTM) June 21, 2021 0

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष हाम्रो परिवर्तन नेपालले आम सर्वसाधरणलाई केभिड–१९ को खोप उपलब्ध गराउन पहल गर्नुपर्नेसहित विभिन्न १३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।ज्ञापनपत्रमा कोभिड–१९ को रोगथाम र नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण अप्ठेरोमा परेका सर्वसाधारणका लागि सहुलियत पसल सञ्चालन गर्नुपर्ने, समुदायका अति विपन्न परिवारलाई अस्थायी रासन कार्डको व्यवस्था गर्नुका साथै घरभाडामा पनि केही छुटको व्यवस्था मिलाउन पहल गर्नुपर्ने उल्लेख छ ।

संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ र सचिव हरि कार्कीद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा महामारीका समयमा गरिएका कार्यक्रमको साप्ताहिक रुपमा विवरण सार्वजनिक गर्नुपर्ने, स्वास्थ्य विमालाई सर्वसुलभ एवं प्रभावकारी बनाउनुपर्ने, कोरोना भाइरसबाट प्रभावित व्यवसायीलाई छ महिनाको ब्याज छुटसहित त्यसपछि सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर