मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड — OSNepal

मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड गरिएको छ ।

बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनमा पुगेका प्रर्दशनकारी आक्रोशमा उपमहानगरपालिकामा पुगेर मेयरको कार्यालय तोडफोड गरेका हुन् ।

आफुहरु सहकारी पीडित भएको भन्दै विगत १ वर्षदेखि धरानका २० वटै वडाका निक्षेपकर्ताहरु आन्दोलनमा छन् ।

मेयर साम्पाङले आन्दोलनकारीलाई । ‘मलाई सोधेर पैसा दिएको हो र’ भन्ने जवाफ दिएपछि पीडितहरु झन आक्रोसित भएर कार्यालय तोडफोड गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर