सिङ्गै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खुर्पाको बिंड बनाउन खोजियो , अब हाम्रो चेत कहिले खुल्ने ? उपसभापति गुरुङ — OSNepal

सिङ्गै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खुर्पाको बिंड बनाउन खोजियो , अब हाम्रो चेत कहिले खुल्ने ? उपसभापति गुरुङ

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सिङ्गै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खुर्पाको बिंड बनाउन खोजिएको भन्दै आपत्ती जनाएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता गुरुङले प्रदेशहरुको सन्दर्भमा केही दिन पहिले आफुले जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड भने पनि अहिले सिङ्गै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खुर्पाको बिंड बनाउन खोजेको भन्दै आपत्ती जनाएका हुन् ।

‘प्रदेशहरुको सन्दर्भमा केही दिन पहिले भनेको थिएँ ूजान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंडूतर विडम्बना१ सिङ्गै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खुर्पाको बिंड बनाउन खोज्दैछौं।’ उनले भनेका छन् ,

व्यवस्था गलत नभएको तर्क राखेका उनले अनैतिक प्रवृत्ति गलत भएको भन्दै हाम्रो चेत कहिले खुल्नेरु भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रदेशहरुको सन्दर्भमा केही दिन पहिले भनेको थिएँ ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ तर विडम्बना! सिङ्गै संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खुर्पाको बिंड बनाउन खोज्दैछौं।व्यवस्था गलत हैन, भ्रष्ट, अनैतिक प्रवृत्ति गलत हो।हाम्रो चेत कहिले खुल्ने?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर