मुम्बई :
दुई दिनमा नै भारतीय चलचित्र ‘बिक्रान्त रोना’ ले विश्वभरबाट ५० करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको छ । किच्चा सुदिपको प्रमुख भूमिका रहेको यो चलचित्रले दुई दिनमा ५० करोड भारतीय रुपैयाँभन्दा धेरैको आम्दानी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो कन्नड भाषाको यो चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो । चलचित्रले पहिलो दिनमा विश्वभरबाट ५० करोड भारतीय रुपैयाँको आम्दानी गरेको जनाइएको छ । यस्तै, चलचित्रले दोस्रो दिनमा २०–२५ करोड भारतीय रुपैयाँको आम्दानी गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
बक्सअफिस कर्नाटकका अनुसार यस चलचित्रले दुई दिनमा सौयै दैनिकमा खबर छ । ५३ देखि ६० करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ । कन्नड भाषाको यो चलचित्र हिन्दीसँगै अन्य भाषामा पनि प्रदर्शनमा आएको छ । एक्सन तथा थ्रिलर विधामा रहेको यो चलचित्रमा अभिनेता सुदिपसँगै निरुप भण्डारी, निता अशोक तथा ज्याकलिन फर्नान्डेज लगायतका कलाकारको अभिनय छ । चलचित्रको लेखन तथा निर्देशन अनुप भण्डारीले गरेका छन् ।