४० दिनदेखि निषेधाज्ञा गर्दा पनि पाँचथरमा अझै घटेन कोरोना सङ्क्रमण — OSNepal

४० दिनदेखि निषेधाज्ञा गर्दा पनि पाँचथरमा अझै घटेन कोरोना सङ्क्रमण

LC (KTM) June 21, 2021 0

पाँचथर- पाँचथरमा कोरोना सङ्क्रमण अझै घट्न सकेको छैन् । करीब ४० दिनदेखि जारी निषेधाज्ञाका बाबजुत पनि पाँचथरमा सङ्क्रमण अझै घट्न नसकेको हो ।आज मात्रै पाँचथरमा ८६ जना सङ्क्रमित थप भएका छन् । कूल ३७३ जनाको एण्टिजेन परीक्षण गरिएकामा ८६ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पाँचथरको दैनिक प्रतिवेदनले देखाएको छ । यो सङ्ख्यासँगै जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको कूल सङ्ख्या १८३४ पुगेको छ ।

पहिराले पुरियो ट्रक -बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोममा सामान पु¥याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फसेको ट्रकका निकाल्ने प्रयास गर्दागर्दै माथिबाट खसेको पहिरोले पुरिएको थियो । चालक र सहचालक सकुशल छन् । यो ट्रक बेनीको न्यु मुक्तिनाथ हार्डवयर एण्ड सप्लायर्सको हो । सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षत्विक्षत् भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिराले पुरिएकै अवस्थामा रहेको छ ।

केहीदिन अघि अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्से झरनामा दुई दिनसम्म एउटा स्कार्पियो जीप फसेको थियो । पहिरोमा फसेको जिप तेस्रो दिनमा कालीगण्डकीमा खसेर बगाएको थियो । रुप्सेको सडक आइतबार खुलाइएको छ । भुरुङ–तातोपानीको नागढुङ्गामा कालीगण्डकीले सडक र तटबन्ध बगाएपछि अवरुद्ध छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको चमेरेमा शनिबार राति खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर