नायब सुब्बा बचाऊ अभियानको पहलमा सिंहदरबारमा कर्मचारीको प्रर्दशन — OSNepal

नायब सुब्बा बचाऊ अभियानको पहलमा सिंहदरबारमा कर्मचारीको प्रर्दशन

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । सिंहदरबारमा कर्मचारीले आफ्नो माग पुरा गर्नुपर्ने भन्दै प्रर्दशन गरेका छन् ।

संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका नायब सुब्बा बचाऊ अभियानको मागलाई सम्बोधन गर्नु पर्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराई दिएको जानकारी अनुसार सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिइएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताइएको छ ।

शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिकरअन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गरिनु पर्ने उनीहरुको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर