काठमाडौ :
सुनको विमानमा उड्ने मलेसियाली राजाकी राजकुमारीले कामदारसँग विवाह गरेकी छिन् । खबर हो मलेशियाको ।
मलेशियाको जोहोर स्टेटको राजकुमारी तुन्कु तुन अमीनाह मैमुनाह इस्कांदरियाहको १४ अगष्टमा डच मुलका डेनिस मुहम्मद अब्दुललाहसँग विवाह भएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।
सुल्तानको एक प्रपर्टी डेवलपमेन्ट फर्ममा काम गर्ने डनिसले राजकुमारीसँग प्रेम विवाह गरेका हुन् । तीन वर्ष पहिला राजकुमारी र डेनिसको भेट मलेशियाको एक क्याफेमा भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
तत्कालै डेनिसले इस्लाम स्वीकार गरेपछि यी दुई एक भएको बताइन्छ । कामदारसँग प्रेम विवाह गरेकी छोरीको यो कदमलाई राजपरिवारले स्विकार भने गरेको छ ।
दुवै परिवारले सबै परम्परागत प्रक्रिया पुरा गरेर सहमतिमा नै विवाह सम्पन्न गरेका हुन् । जोहोरका मुसलमानले सयौं वर्ष पुरानो परम्परा निभाउदै छोरीको विवाह २२।५० रिंगिट अर्थात करीब ३ सय रुपैयाँ बराबरको रुपैयाँ माग गरे । तुकू सुल्तानको एकमात्र छोरी हुन् र छ बच्चाहरुमा २ नम्बरकी हुन् । नेदरल्यान्डको एक सानो शहरका बासिन्दा डेनिसको परिवार निकै गरिब थियो ।
डेनिसको पिता फुल पसलमा काम गर्छन् भने आमा कपडा पसलमा काम गर्छिन् । सुल्तानकी एक्ली छोरीको विवाह धुमधामले सम्पन्न भयो । उनीसँग लगभग दुई सय अर्ब रुपैयाँ बराबरको सम्पत्ति भएको बिबिसीले उल्लेख गरेको छ ।