काठमाडौँमा भूकम्पको धक्का — OSNepal

काठमाडौँमा भूकम्पको धक्का

LC (KTM) July 31, 2022 0

काठमाडौँ :

काठमाडौँमा आइतबार बिहान भूकम्पको धक्का महशुस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको धक्का महशुस भएसँगै स्थानीयहरु घरबाहिर निस्किएका थिए । यस विषयमा थप जानकारी आउन बाँकी छ ।

यो पनि – सरकारले बढ्दो शहरीकरणका कारण पानी सुकेको धरहरा परिसरभित्र रहेको सुन्धारामा पुनः प्राकृतिक रूपमा नै पानी झार्ने योजना अघि सारेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको केन्द्रीय कार्यान्वयन इकाइ भवनका महानिर्देशक कोषनाथ अधिकारीले नेपाल समाचारपत्रसँगको कुराकानीमा प्राकृतिक रूपमा नै पानी झार्नका लागि अध्ययन भइरहेको बताउनुभयो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

उहाँका अनुसार हाल टुँडिखेलका विभिन्न स्थानमा बोरिङ गरेर पानीको सतहको अध्ययन गर्ने काम भइरहेको छ ।वर्षाको समयमा गरिएको मापनले मात्र नहुने बताउँदै उहाँले हिउँदको पानीको अध्ययनले मात्र सुन्धारामा प्राकृतिक रूपमा नै पानी झार्न सकिने/नसकिने टुंगो लाग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर