काठमाडौं १३ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशसभाको निर्वाचन हुने लगभग पक्का भएको बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्य समितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् ।
सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताएका उनले मंसिर ४ गते निर्वाचन हुने पक्कापक्की नै भएको बताएका हुन् ।
‘मंसिर ४ गते त निर्वाचन हुँदैछ, पक्कापक्की छ, केही दिनमा त्यो घोषणा हुन्छ औपचारिक रुपमा नेपाली कांग्रेसको कमजोरी भनेको प्रचारमा रहेको बताएका उनले अघि भनेका छन् , हामी आफ्नो पार्टीको विचार संस्थागत विचार राख्न चासो राख्दैनौँ, कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा हाम्रो धेरै चासो र चिन्ता छ, यसमै लाग्ने हो भने हामी आफ्नो मूल लक्ष्यबाट टाढा हुन्छौँ ।’
देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न आग्रह गर्दै कांग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा धेरै चासो हुने गरेको बताए ।