देशभक्त नेपालीहरुको सशक्त आवाजको फलस्वरुप एसपीपीमा संलग्न नहुने भनी अमेरिकालाई पत्र पठाउनु नेपाल र नेपालीको विजय : रावल — OSNepal

देशभक्त नेपालीहरुको सशक्त आवाजको फलस्वरुप एसपीपीमा संलग्न नहुने भनी अमेरिकालाई पत्र पठाउनु नेपाल र नेपालीको विजय : रावल

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । नेकपा एमालेका नेता डा भीम रावलले नेपाल सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपपी) मा संलग्न नहुने भनी अमेरिकालाई पत्र पठाउनु नेपाल र नेपालीको विजय भएको बताएका छन् ।

देश हितमा आवाज उठाउने सबैलाई धन्यवाद र बधाई दिएका नेता रावलले देशभक्त नेपालीहरुको सशक्त आवाजको फलस्वरुप नेपाल नेपालीको विजय भएको बताएका हुन् ।

नेता रावलले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘देशभक्त नेपालीहरुको सशक्त आवाजको फलस्वरुप नेपाल सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपपी) मा संलग्न नहुने भनी अमेरिकालाई पत्र पठाउनु नेपाल र नेपालीको विजय हो । देश हितमा आवाज उठाउने सबैलाई धन्यवाद र बधाई!’

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपपीमा नेपाल सहभागी नहुने भन्दै अमेरिकालाई पत्र पठाएको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर