शर्मालाई बहुमतका आधारमा सफाइ दिनु र केही समयअघि रोशनी शाही प्रकरणमा महराले अदालतबाट सफाइ पाउनु उस्तै : विष्णु रिजाल — OSNepal

शर्मालाई बहुमतका आधारमा सफाइ दिनु र केही समयअघि रोशनी शाही प्रकरणमा महराले अदालतबाट सफाइ पाउनु उस्तै : विष्णु रिजाल

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । नेकपा एमालेका नेता विष्णु रिजालले जनार्दन शर्मालाई बहुमतका आधारमा सफाइ दिनु केही समयअघि रोशनी शाही प्रकरणमा कृष्णबहादुर महराले अदालतबाट सफाइ पाए भएको टिप्पणी गरेका छन् ।

शर्मामाथि छानविन गर्न गठित समितिले १७ दिन पछि शर्मालाई दोषी ठहराउने कुनै प्रमाण पुष्टि नभएको भन्दै शर्मा निर्दोश सावित भएका छन् । समितिले प्रतिवेशन सभामुखलाई बुझाएपछि नेता रिजालले समाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

सरकार आफ्नै, कर्मचारी सेटिङ आफ्नै, प्रहरी आफ्नै, बहुमतले निर्णय गर्ने सांसद आफ्नै भएकै कारण आफ्नै पक्षमा प्रतिवेदन आएको उनले बताएका छन् ।

नेता रिजालले लेखेका छन्, ‘अहिले जनार्दन शर्मालाई बहुमतका आधारमा सफाइ दिनु केही समयअघि रोशनी शाही प्रकरणमा कृष्णबहादुर महराले अदालतबाट सफाइ पाए जस्तै हो । सरकार आफ्नै, कर्मचारी सेटिङ आफ्नै, प्रहरी आफ्नै, बहुमतले निर्णय गर्ने सांसद आफ्नै १ अनि आफ्नो पक्षमा प्रतिवेदन आउँदैन त ?’

जेठ १४ गते बजेट निमार्ण गर्ने क्रममा शर्माले अनाधिकृत व्यक्ति मन्त्रालयलमा प्रवेश गराइ करको हेरफेरको गरेको आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर