काठमाडौं :
बलिउड अभिनेत्री विपाशा बासु आमा बन्ने भएकी छन् । भारतीय मिडियाहरूका अनुसार विपाशा र करण छिट्टै आधिकारिक रूपमा आफ्नो गुड न्यूज घोषणा गर्न र आमाबुवा बन्न उत्साहित छन् ।
करण रविपाशाले ६ वर्ष अघि प्रेम विबाह गरेका थिए । उनीहरूले आफैँ यो खबर सार्वजनिक नगरे पनि दम्पतीसँग नजिकको अनलाइन पोर्टलहरूमार्फत उनीहरू छिट्टै आमाबुवा बन्न लागेको खबर साझा भएको हो ।
सन २०१५ मा विपाशा र करण चलचित्र ‘अलोन’ को सुटिङको दौरानमा एक अर्काको प्रेममा परेका थिए। अप्रिल ३०, २०१६ मा बिहे गरेका उनीहरुको बिहेमा थुप्रै सेलीब्रेटीको उपस्थिती रहेको थियो ।