गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला, तत्काल समाजवादी केन्द्र बन्दैन : प्रचण्ड — OSNepal

गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला, तत्काल समाजवादी केन्द्र बन्दैन : प्रचण्ड

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने भन्दै यही गठवन्धनले निरन्तरता पाउने बताएका छन् ।

शुक्रबार प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान र राष्ट्रको रक्षाका निम्ति बनेको गठबन्धन कायम रहने भन्दै समाजवादी केन्द्र तत्काल बन्ने सम्भावना नरहेको बताएका हुन् ।

गठबन्धनको विषयमा कुनै द्विविधा नपाल्न भन्दै आग्रह गरेका प्रचण्डले भने , ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’

‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो भएकाले स्वतः नेतृत्व कांग्रेसको हुने भएको भन्दै प्रचण्डले भने, ‘लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’

ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उदार र जिम्मेवार हुनुपर्ने तर्क राखेका प्रचण्डले भने , ‘हामी सबैको तागतले यो सरकार बनेको हो । त्यसैले कसैले पनि एकलौटी गर्न खोज्नु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर