जनार्दन शर्माको बयान : रघुनाथ घिमिरेलाई मन्त्रालय आउँदाजाँदा सामान्य चिनजान भएको हो ,व्यक्तिगत सम्पर्क छैन — OSNepal

जनार्दन शर्माको बयान : रघुनाथ घिमिरेलाई मन्त्रालय आउँदाजाँदा सामान्य चिनजान भएको हो ,व्यक्तिगत सम्पर्क छैन

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्माले रघुनाथ घिमिरेसँग सामान्य चिनजान मात्रत्र भएको बताएका छन् ।

बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दायरा हेरफेरको गरेको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए ।

जेठ १४ गते मन्त्रालय छिराइएको भनिएको पूर्वनासु रघुनाथ घिमिरेलाई आफुले नजिकबाट नचिनेको बताएका शर्माले पुराना कर्मचारीलाई पनि कहिलेकाहीँ विभागले केही काममा लगाउँने भएकाले मन्त्रालय आउनेजाने क्रममा सामान्य चिनजान भएको बताए । ‘नजिकबाट चिन्दिनँ, व्यक्तिगत सम्पर्क छैन ।’ शर्माले भने ।

शर्मामाथि छानविन गर्न गठित समितिले आज सभामुखलाई प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष निकालिएको छ । एमालेका सांसदहरुले भने प्रतिवेदनमा फरक मत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर