प्रधानमन्त्री देउवा र अमेरिकी मन्त्री लुबीच भेटवार्ता ,अमेरिकाको निरन्तर सहयोग पाउने देउवाको अपेक्षा — OSNepal

प्रधानमन्त्री देउवा र अमेरिकी मन्त्री लुबीच भेटवार्ता ,अमेरिकाको निरन्तर सहयोग पाउने देउवाको अपेक्षा

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्कासँगको भेटवार्ता पछि अमेरिकी मन्त्री डोनाल्ड लुबालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा छलफल भएको बताइएको छ ।

भेटमा देउवाले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग तथा उच्चस्तरको आर्थिक साझेदारी निरन्तर कायम रहने अपेक्षा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर