एकैदिन ५७७ जनामा संक्रमण पुष्टि हुँदा २ जनाले गुमाए अकालमै ज्यान — OSNepal

एकैदिन ५७७ जनामा संक्रमण पुष्टि हुँदा २ जनाले गुमाए अकालमै ज्यान

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको ज्यान गएको छ ।

परिक्षण गरिएको मध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर