गायन रियालीटी शो इण्डियन आईडल सिजन १२ का जर्ज हिमेश रेशमियाले यस प्रतियोगितामा सहभागि प्रतियोगी पवनदीप राजन र अरुणिता कांजीलाललाई म्युजिक उद्योगमा लन्च गर्ने तयारी गरेका छन् ।
हिमेशले आफ्नो एल्बम मुड्स विद मेलोडिजको पहिलो गितमा उनीहरुलाई लन्च गर्न लागेका हुन् । पवनदीप तथा अरुणितालाई आम दर्शकले माया गर्छन् त्यसैले उनीहरु दुबै जनालाई हिमेशले अवसर दिन लागेका हुन् । यी दुबै जना गायकलाई एकदमै मन पराउने गरेका छन् । दुबै जना बिचको स्वरको केमेस्ट्रि समेत मिलेको देख्न सकिन्छ ।
यस शो मा आउने जति सबै पाहुनाले उनीहरु दुबै जनाको स्वरको तारिफ गर्ने गरेका छन् । उनीहरुको सामाजिक सञ्जालमा पनि खुबै तारिफ हुने गरेको छ । जज हिमेशले उनीहरु दुबैको प्रतिभा देखेर एकै साथ लन्च गर्ने घोषणा गरेका हुन् ।
२१ जुन बिश्व संगीत दिवशको अवसरमा आफ्नो पहिलो गितको रिलिजको डेट घोषणा गर्ने हिमेशले जानकारी दिएका छन् । पवनदीप र अरुणिताको आवाजका लागि आफ्नो कम्पोजिशन एकदमै सुट हुनेमा बिश्वस्त देखिएका छन् । यी दुबैले एक रोमान्टिक गित गाईसकेका छन् ।