काठमाडौं १३ साउन । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपाल सहभागी नहुने सरकारको प्रतिबद्धता रहेको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्नुपर्ने माग राखेपछि परराष्ट्रमन्त्री खड्काले सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिबद्धता दोहोर्याएका हुन् ।
नेपालको हितमा नभएको बताएका खड्काले यो गठबन्धन सरकार कुनै सैन्य वा सामरिक गठबन्धनमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठकमा सासदहरुले अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेपछी खड्काले सरकारप्रति विश्वास गर्न आग्रह गर्दै भने , सरकारका तर्फबाट परराष्ट्र मन्त्री बोलिसकेपछि विश्वास गर्नुपर्छ,‘विश्वास ह्रासोन्मुख भइरहेको हो कि, यसले भोलि राज्य सञ्चालनका विषयमा कस्तो असर पर्छ भन्ने पनि विचार गर्नुपर्छ ।’
साउन ९ गते अमेरिकालाई एसपीपीमा सहभागी नहुने निर्णयको लिखित जानकारी गराएको बताए ।