सुवालको सरकारलाई प्रश्न : एमसीसी पास गर्न नेताहरुलाई धम्की दिएका अमेरिकी मन्त्री लू यस पटक एसपीपी पारित गर्न आएका हुन् ? — OSNepal

सुवालको सरकारलाई प्रश्न : एमसीसी पास गर्न नेताहरुलाई धम्की दिएका अमेरिकी मन्त्री लू यस पटक एसपीपी पारित गर्न आएका हुन् ?

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकी सहायक उपविदेशमन्त्री डोनाल्ड लू अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी) पास गराउन नेपाल आएको हो भनी प्रश्न गरेका छन् ।

शुक्रबार जारी संसद बैठकमा सांसद सुवालले लूको नेपाल भ्रमणबारे सरकारले जवाफ दिनुपर्ने भन्दै एमसीसी पास गर्न नेपालका नेताहरूलाई धम्की दिने लू किन नेपाल आएको यस विषयमा सरकारले जवाफ दिनु पर्ने बताए ।

यसपटक पनि धम्की दिएर एसपीपीमा समझदारी गराउन आएको भन्ने जनतामा चर्चा रहेको भन्दै उनले भने , ‘अहिले अमेरिकी मन्त्री नेपाल भ्रमणमा किन आउनु भयो रु एमसीसी पास गराउन गत मंसिरमा नेपाल भ्रमणमा आउनु भएका लू यसपटक पनि आउनु भएको छ । विगतमा नेपालबाट अमेरिका फर्केपछि माघ २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्ड र प्रतिपक्षी नेता केपी ओलीलाई फोन गरेर एमसीसी पास नगरे नराम्रो हुने भनेर धम्की दिएर तर्साएको र एमसीसी पास गराएको जनतामा चर्चामा छ’.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर