संसद बैठकमा एमालेको सरकारलाई प्रश्न : एसपीपीबारे अमेरिकालाई पठाएको पत्रमा के छ ? जानकारी चाहियो — OSNepal

संसद बैठकमा एमालेको सरकारलाई प्रश्न : एसपीपीबारे अमेरिकालाई पठाएको पत्रमा के छ ? जानकारी चाहियो

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । नेकपा एमालेलेका सांसद शिवमाया तुम्बाहाम्फेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा के छ त्यस विषयमा सारा नेपालीले थाहा पाउनु पर्ने बताएकी छन् ।

शुक्रबार जारी प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री नारायण खड्काले ९ गते नै अमेरिकालाई पत्र लेखेको भनी प्रतिनिधिसभामा जानकारी दिएपछि एमालेले यस्तो प्रश्न गरेको हो ।

बैठकमा एमालेका सांसदहरुले पत्रमा के छ ? भनी प्रश्न गरिरहेका छन् । यता एमाले सांसद भीम रावलले पनि अमेरिकालाई पठाएको पत्रको प्रतिलिपी देखाउन माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर